ललितपुर, माघ १६
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिति ललितपुरले आज शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण गरेको छ । परिषद्को ३३ औं वार्षिकोत्सव तथा ३४ औं स्थापना दिवसको अवसरमा महालक्ष्मी नगरपालिका १ इमाडोल अवस्थित बौद्धिक अपाङ्गता पुनः स्थापना समाजमा अध्ययन बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण हो ।
उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका १ का वडाध्यक्ष छिरिङ्ग लामाको प्रमुख अतिथि रहेको छ । कार्यक्रमा बोल्दै वडाध्यक्ष छिरिङ्ग लामाले दुई वर्ष अगाडि निवार्चित भएर आएपछि बौद्धिक अपाङ्गता कसरी जोगाउने र अगाडि बढाउने भन्ने विषयमा चिन्ता व्यक्त गरेको स्मरण गरेका छन् । नगरपालिकमा कार्य विधि जटिल अवस्था रहेको बताए । उनले युवा परिषद्को प्रशंसा गर्दै, सधै साथ दिने प्रतिवद्धता दिए । बौद्धिक अपाङ्गता पुनः स्थापना समाजमाको लागि वडाले ३ लाख बजेट दिएको र राम्रो कामको परिणाम देखाएर फेरी वडाले बजेत छुट्याउनमा साथ र मौका दिन अनुरोध गरेका छन् ।
सभापति श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिति ललितपुरका अध्यक्ष कृष्ण खड्काले परिषद्को ३३ औं वार्षिकोत्सव तथा ३४ औं स्थापना दिवसको अवसरमा विविध पन्च दिवसीय कार्यक्रम अन्र्तगत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण गरेको बताए । उनले हरेक वर्ष विकट ठाउँमा गएर फरक फरक कार्यक्रम गर्दै आएको जानकारी दिए । यो सहयोग कुनै संघ संस्था विदेशी सहयोग नभएर कृष्ण प्रणामी कुनै दुर्व्यसनमा नपर्ने भएकोले यसबाट बचेको रकम जम्मा गरेर सहयोग गरेको जानकारी दिए ।
बौद्धिक अपाङ्गता पुनः स्थापना समाजका सञ्चालक अध्यक्ष उर्मिला केसीले वडाअध्यक्षले यस संस्थाको पीडा र दुःख देखेर अघिलो वर्षदेखि कर छुट दिएको बताइन् । यदि वडाध्यक्षले कर छुट नदिएको भए यो संस्था अगाडि बढ्न नसकेको बताइन् । उनले भने – ‘वडाले यस संस्थाको मर्म र भावना बुझेर जोडिन आएको हो ।’
कार्यक्रममा राष्ट्रिय बिमा संस्थाका कार्यकारी अध्यक्ष सुवास कोइरालाको विशिष्ट अतिथि र युवा परिषदका केन्द्रिय महासचिव सुजन सुवेदीको विशेष अतिथिमा शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
