काठमाडौं, माघ १५
जनता समाजवादी पार्टी नेपाल (जसपा)को समाजवादी युवा संघ बागमती प्रदेश युवा समितिको पुनर्गठन भएकाे छ ।
पुनर्गठन कार्यक्रम माघ १३ गते शनिबारका दिन लक्ष्मी नगरपालिका ६ थसि बैंक्वेट सिध्दिपुरमा भएकाे हाे ।
पुर्व मन्त्रि एवं पार्टी संगठन बिभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यमा पुनगर्ठन भएकाे छ ।
कार्यक्रमका सभापति केन्द्रिय समाजवादी युवा समितिको सचिव सृजनमान श्रेष्ठ रहेकाे छ । राज किशोर महर्जनकाे अध्यक्षतामा ३१ सदस्यताकाे कमिति गठन भएकाे थियाे ।
भुमि आयोग भक्तपुर जिल्लाका अध्यक्ष श्याम सिल्पकारले शपथ ग्रहण गराएका थिए । कार्यक्रम संचालन जसपा ललितपुर जिल्ला समितिका अध्यक्ष युवा नेता कर्म महर्जनले गरेका थिए ।
उक्त कार्यक्रममा बिभिन्न जिल्ला समितिका अध्यक्ष लगायत पदाधिकारीहरु सहितको उपस्थितिमा सम्पन्न भएकाे थियाे ।


