चियाको चुस्कीसंगै

जिब्रोको स्वाँदमा

चिया सागरको आँगन

उनीसंगको भेट

मन नै तरङगित भयो ।

चमचम टल्किएको

बिजुली बत्तीको बल्भझै

मृग तृष्णा जस्तै उनको हेराई

म हराए झै कतै

उनीमा लिप्त थिएँ ।

गुनगुन आवाजको धुन

मिठासपूर्ण उमको स्वर

प्रकृतिले ओझेल पारेझै

ज्योतिले मन खुलेको बेला

खै कता हराइँन उनी इन्द्रेणी झै ।।

– पारदर्शी“बुद्धिमान महर्जन

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *