काठमाडाैं, माघ १०

चिसो दिनहुँ बढिरहेको छ । चिसोकै कारण यतिबेला मानिसहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेका छन् । चिसो मौसममा खोकी, मौसमी फ्लू, जोर्नी दुख्ने, दम बढ्ने, हृदयघात जस्ता रोगले बढी संक्रमण गर्ने गर्छ ।
चिसाेले बढिजसाे बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित भइरहेका छन् । चिसोले विशेषगरी रुघाखोकी, ज्वरो, निमोनियाजस्ता समस्या पार्ने गर्छ । यसबाहेक दम, बाथ र अन्य दीर्घरोगीलाई पनि चिसो घातक हुन्छ ।

अपनाउनुस् यस्ताे सावधानी

  • चिसोमा वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू सकेसम्म अत्यधिक चिसो हुने स्थानमा नजाने
  • चिसोबाट बच्ने शरीर पूरै ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउने
  • चिसोबाट बच्न शरीरलाई ऊर्जा दिने खानेकुरा सेवन गर्ने
  • दूध र दूधजन्य पदार्थ लगायत प्रोटिनयुक्त खानेकुरा खाने
  • जाडोमा चिया, दाल र तरकारीमा अदुवा हालेर खाने
  • सवारीसाधन चलाउँदा हावा भित्र नछिर्ने बाक्लो स्वेटर वा ज्याकेट लगाउने
  • बढी जाडो भएमा शरीरमा तोरी, जैतुन र तिलको तेलले मालिस गर्ने
  • दिनमा एकपटक अनिवार्य घाममा बस्ने ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *