ललितपुर, पुस १३

शनिबार झिगु आयुर्वेद पसल र डाबर नेपाल प्रा. लि.को आयोजनामा तथा चापागाउँ आयुर्वेद औषधालयको प्राविधिक सहयोगमा ललितपुरको ठेचोस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा बृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा निःशुल्क बिरामी परीक्षणसँगै आवश्यक आयुर्वेदिक औषधि वितरण गरिएको थियो।

स्वास्थ्य शिविरमा ग्यास्ट्रिक, मूत्ररोग, कब्जियत, पाइल्स, फिस्टुला, फिसर, कलेजोसम्बन्धी समस्या, माइग्रेन, हड्डी खिइने समस्या, दम तथा खोकी, जन्डिस, बाथ रोग, युरिक एसिड, नसा च्यापिने समस्या, छाला रोग, यौन दुर्बलता, पिनास, पत्थरी, स्त्रीरोग, अनिन्द्रा लगायतका रोगहरूको परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

झिगु आयुर्वेद पसलका सञ्चालक सन्नी मालीका अनुसार शिविरबाट १७६ जनाले स्वास्थ्य सेवा लिएका छन्। स्थानीय बासिन्दाले निःशुल्क र सहज रूपमा आयुर्वेदिक उपचार पाउन सकेको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *