काठमाडौं, माघ १२
पानी स्वास्थ्यका लागि अत्यन्त जरूरी छ । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ।
खाली पेटमा पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ। यसमा पनि मनतातो पानी उपर्युक्त हुन्छ ।
पानीले शरीरको अनावश्यक पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिने भएकाेले तिर्खाएकाे समयमा मात्र नभई समयसमयमा पिइरहनुपर्छ ।
हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरु बताउँछन् ।
फाइदाहरू यसप्रकारका छन् :
- छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ। यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ
- बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ। यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ
- भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ
- थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी गर्नाले मांशपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्दछ
- खाली पेटमा पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छ ।
