ललितपुर, असाेज ३०
गोदावरी नगरपालिका १२ ठेचोमा नेपाल संवत् ११४६ को अवसरमा मण्डला प्रतियोगिता हुने भएको छ । मण्डला प्रतियोगिता प्रत्येक वर्ष नेपाल संवतको उपलक्ष्यमा आयोजना हुने गर्दछ ।
यहि कार्तिक ५ बुधबार झी झी पुचः ठेचोको आयोजनामा दाेस्राे उपत्यका व्यापी रनिङ्ग शिल्ड मन्दः (मण्डला) प्रतियोगिता हुन लागेको हाे ।
उक्त प्रतियोगितामा पहिलाे हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगद पुरस्कारका रहेको छ ।
