ललितपुर, फागुन १९

गोदावरी नगरपालिका-१२, ठेचोस्थित सेन्ट पल स्कुलमा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक राधेकृष्ण महर्जनले मोबाइल फोनले बालबालिकामा पर्ने नकारात्मक असरबारे सचेत गराउँदै अभिभावकलाई आफ्ना छोराछोरीको अगाडि मोबाइल कम प्रयोग गर्न आग्रह गरे।

प्रधानाध्यापक महर्जनले विद्यालयको नारा “संस्कारसहितको शिक्षा” भएकाले सम्मान, जिम्मेवारी, हार्दिकता, धैर्यता, र राष्ट्रप्रति योगदान दिने भावना कार्यक्रममार्फत समावेश गरिएको बताए। साथै, शिक्षा केवल किताबी ज्ञानमा सीमित नरही सीप, संस्कार, र प्रविधिसँग जोडिनु आवश्यक रहेको उनले उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि माननीय रघुनाथ महर्जनले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिए।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न व्यावहारिक तथा जनचेतनामूलक प्रस्तुति प्रस्तुत गरे, जसमा समावेश थिए:

  • जनावरको भेषमा तिनकै स्वरमा प्रस्तुति
  • स्वास्थ्यकर र अस्वास्थ्यकर खानाको असरबारे सचेतना फैलाउने नाटक
  • वातावरण संरक्षणका लागि वृक्षरोपणको महत्त्व दर्शाउने नाटक
  • मोबाइल प्रयोगको दुष्प्रभावबारे जनचेतनामूलक प्रस्तुति

यस अवसरमा धिमे बाजा, सांस्कृतिक नृत्य, तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत गरियो। विद्यालयका ४० ओटा प्रस्तुतीहरूमा सबै विद्यार्थी सहभागी भएका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *