ललितपुर, माघ २५

ललितपुरको महालक्ष्मी नगरपालिका–६, सिद्धिपुरमा जेष्ठ नागरिकलाई सम्मानस्वरूप ब्लाङ्केट वितरण गरिएको छ। कार्यक्रममा नगर प्रमुख हरिगोबिन्द श्रेष्ठ, उप-प्रमुख लक्ष्मी महर्जन, वडा अध्यक्ष धर्म महर्जन, वडा सदस्य सुरेन्द्र महर्जन लगायत जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

करिब ४९० जना जेष्ठ नागरिकलाई सम्मान गर्ने लक्ष्य राखिएको कार्यक्रममा ३५० जना उपस्थित भए। बाँकी जेष्ठ नागरिकलाई अन्य दिन तथा बिरामीलाई घरमै गएर ब्लाङ्केट वितरण गरिने वडा अध्यक्ष महर्जनले जानकारी दिए।

जाडो याममा ब्लाङ्केट प्राप्त गर्दा जेष्ठ नागरिक हर्षित भएका छन्। उनीहरूले स्थानीय जनप्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगले आफूहरूलाई आत्मीयता महसुस गराएको बताए।

जनप्रतिनिधिहरूले आगामी दिनमा पनि यस्ता सहयोगी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *