ललितपुर, पुस १४

ललितपुर उद्योग वाणिज्य संघद्वारा आयोजित “वित्तीय शिक्षा, लगानी र अवसर” विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ। कार्यक्रममा सभाध्यक्ष एवं ललितपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुसन महर्जनले वित्तीय शिक्षाको महत्त्व र नयाँ लगानीका सम्भावनाहरूको खोजीमा संस्थाको भूमिका उजागर गरे।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व मन्त्री रामकृष्ण चित्रकारले वर्तमान आर्थिक विकासका समस्याहरूलाई औंल्याउँदै भने, “आर्थिक विकास आम जनताको प्रमुख चाहना हो, तर यो पूरा हुन नसक्दा जनतामा निराशा छ। उत्पादन क्षेत्रमा लगानी बढाउन ध्यान दिनु आवश्यक छ।” उनले आर्थिक व्यवस्थापन र राजनीतिक स्थायित्वको महत्त्व पनि उल्लेख गरे।

कार्यक्रमको आयोजनामा ललितपुर उद्योग वाणिज्य संघका साथै आर्थिक सहयोगदाताका रूपमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, प्रोग्रेसिभ फाइनान्स लिमिटेड, मुक्तिनाथ क्यापिटल लिमिटेड, र इन्दिरा सेक्युरिटिजको सहकार्य रहेको थियो।

कार्यक्रममा सहभागी संस्थाहरूले वित्तीय शिक्षा, लगानीका सम्भावनाहरू र आर्थिक अवसरबारे आ-आफ्ना कार्यपत्र प्रस्तुत गरे। यसले व्यवसाय अभिवृद्धि गर्न चाहने, स्वरोजगारमा रुचि राख्ने र वित्तीय क्षेत्रको समझ बढाउन चाहने व्यक्तिहरूलाई मार्गदर्शन पुर्‍याउने विश्वास लिइएको छ।

यो कार्यक्रमले नयाँ लगानीका क्षेत्र पहिचान र सुरक्षित आर्थिक प्रक्रियाबारे विस्तृत छलफल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *