काठमाडौं, मंसिर १०

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १५ हजार नौ सय रुपैयाँले घटेर १ लाख ५१ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा ११५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी एक हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *