ललितपुर, मंसिर ५
चापागाउँ बुलुका बासिन्दाले पोखरीको वास्तविक महत्व अहिले बुझ्न थालेका छन् । गएको असोज ११ र १२ गतेको अविरल वर्षाले पोखरीको महत्वलाई अझ स्पष्ट बनाएको छ । अविरल वर्षाका कारण बाढी र पहिरोले ठूलो विनाश ल्याएको थियो । यसले खानेपानीको मुहानलाई समेत गम्भीर क्षति पुर्यायो र अहिले सम्म पानीको समस्या समाधान भएको छैन । यस समस्याको समाधानका लागि गोदावरी नगरपालिकाले काठमाडौं खानेपानी लिमिटेड र खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीलाई पुनः निर्माण कार्य सुरु गर्न निर्देशन दिएका छन्।

पानीको अभावका कारण चापागाउँ बुलुको पोखरीको महत्व बड्दो देखिन्छ । पोखरी स्थानीय बासिन्दाका लागि केवल पानी लिने स्रोत मात्र नभएर अन्य दैनिक कार्यहरूको लागि पनि महत्वपूर्ण छ । बिहान देखि बेलुका सम्म पोखरीमा लुगा धुने र पानी लिन आउनेहरूको भीड लाग्ने गरेको पाइन्छ। वडाले पानी आपूर्ति गर्ने समय तालिका बनाउँदा पनि आवश्यकताअनुसार पर्याप्त पानी आएको छैन ।

विगतका समय घरघरमा धाराबाट पानी आउने हुँदा पोखरीको महत्व थोरै मात्र थाहा पाइन्थ्यो । तर विपदका बेला कुनै पनि समय के कस्तो आवश्यकता पर्न सक्छ भन्ने कुरा कसैले अनुमान गर्न सक्दैन । हाम्रा पुर्खाहरुले यसरी आपतकालीन
अवस्थामा काम आउने पोखरीहरू बनाएर जान्दाजान्दा ठूलो योगदान गरे भन्ने बुझ्न सकिन्छ । पोखरीको पानी कहिल्यै नसुक्ने र सफा हुने भएकाले यहाँ पानी लिन र लुगा धोउन आउनेहरूको चाप निरन्तर रहन्छ । अविरल वर्षा हुनु अगाडि पोखरीमा लुगा धुने र नुहाउने प्रचलन रोकिएको थियो।

पोखरीको आसपास फोहोर र लापरवाहीका कारण यसको प्रयोग बन्द भएको थियो । अहिले पानीको महत्त्व बुझेर स्थानीय बासिन्दाले पोखरीको पानीको सदुपयोग गरेका छन्। २०६८ सालमा भाग्यराम महर्जनको अध्यक्षतामा स्थानीयले पोखरीलाई व्यवस्थित रुपमा मर्मत र संरक्षण गरेका थिए । स्थानीयको सक्रियताले पोखरीको संरक्षणमा ठूलो मद्दत पु¥याएको छ । अहिले पोखरीहरू लोप हुँदै गइरहेका बेला, यस पोखरीको महत्व अझ प्रकट भएको छ ।

अतः
विपद्ले कठिनाइको समयमा मानिसलाई आफ्नोजीवनका केही महत्त्वपूर्ण पक्षलाई राम्रोसँग बुझ्न र मूल्याङ्कन गर्न अवसर दिन्छ । यसले मानवीय अस्तित्व र संघर्षको बीचको गहिरो सान्दर्भिकता प्रकट गर्दछ । पोखरी जीवनको सन्दर्भमा एक समृद्ध स्रोतको रूपमा प्रस्तुत गर्न सकिन्छ, जहाँ पानीको आवश्यकता परेमा, पोखरीले त्यो आवश्यकता पूरा गर्छ । तर विपत्ति आउनेबेला, पोखरीको अस्तित्व र महत्त्वको मूल्य बुझिन्छ । यसले हामीलाई सिकाउँछ कि जीवनका कठिन समयहरूले हामीलाई हाम्रो आन्तरिक शक्ति र आवश्यकता बुझ्नमा मद्दत पुर्याउँछन्। विपद् वा संकटको समयमा मानिसले आफ्नो जीवनका महत्वपूर्ण पक्षहरूको अवलोकन र मूल्याङ्कन गर्न सक्छ । यसले जीवनका कठिन क्षणहरूलाई एक अवसरको रूपमा लिन, त्यसबाट सिक्न र नयाँ दृष्टिकोण ल्याउन प्रेरित गर्दछ ।
२०६८ सालकाे पाेखरीकाे अवस्था

पोखरीहरूको सांस्कृतिक र ऐतिहासिक महत्व पनि छ । पोखरीहरूले समुदायमा एकता र सहयोगको भावना प्रोत्साहित गर्छ । यसैले, स्थानीय सरकार र समुदायले पोखरीहरूको संरक्षणका लागि जागरूकता र सक्रियता बढाउनु आवश्यक छ ।

