काठमाडौं, मंसिर २

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा दुईजना तेस्रो लिङ्गीलाई उम्मेदवारी बनाउने भएको छ ।

सो पार्टीले काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुखमा हनि महर्जन र वडा नम्बर ४ को वडाध्यक्ष पदमा मौनी महर्जनलाई उम्मेरवारी बनाउने निर्णय गरेको हो ।

हनि महर्जन तेस्रो लिङ्गी एवम्‌ कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हुन्‌ । मौनी महर्जन पनि सोही संस्थाका स्वयम्‌सेवक हुन्‌ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *