ललितपुर, मंसिर १
ललितपुर महानगरपालिका २७ स्थित चोकिन टोलमा सुनागुथि पुस्तकालय एण्ड इन्फोटेक सेन्टर स्थापना भएकाे छ ।
योर्स ह्युमनली नेपाल र वडा २७ सुनागुथिको संयुक्त सहकार्यमा सनागुथि पुस्तकालय एण्ड इन्फोटेक सेन्टरको स्थापना गरिएकाे हाे ।

सो उद्धघाटन समारोहका सभा अध्यक्ष भिम आर्चाय र प्रमुख अतिथि संविधान सभासदस्य माननिय राज काजी महर्जन, वडा अध्यक्ष कृष्ण हरि महर्जन, वडा सदस्य/ विकास तथा सुशासन समितिका संयोजक निराेज महर्जन, महिला वडा सदस्य रामदेवी महर्जन तथा सल्लाकार एवंम संस्थापकहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो पुस्तकालयमा कम्पुटर सम्बन्धि तालिम संग संगै अन्य योजनाहरु पनि गरिने कुरा सो कार्यक्रमबाट जानकारी दिइएको छ ।

सुनागुथि पुस्तकालय एण्ड इन्फोटेक सेन्टर (Sunaguthi Pustakalaya and Infotech Centre) को उद्घाटन समारोह संगै निर्वाचित हुनुभएका सम्पुर्ण समितिलाई बधाई तथा सफलकाे शुभकामना पनि दिएकाे थियाे ।
साथै यस पुस्तकालय द्वारा आगमि दिनहरुमा शिक्षा क्षेत्रमा धेरै तेवा पुग्ने बिश्वास लिएका छन् ।
कार्यसमितिहरू
संरक्षक : निरोज महर्जन
अध्यक्ष : राज राजेश्वर महर्जन
उपाध्यक्ष : अनिल महर्जन
सचिव : गुजेश्वरी महर्जन
सह-सचिव : बिजेन महर्जन
कोषाध्यक्ष : अलिदा महर्जन
सह-कोषाध्यक्ष : सृजना महर्जन
सदस्य : रेग्ना महर्जन
सदस्य : पुर्णा राई
सदस्य : प्रेम राज महर्जन

