ललितपुर, कार्तिक १०
गाेदावरी नगरपालपका १२ ठेचाे स्थिति वेथेगल टाेल विकास समितिकाे अध्यक्षमा निर्मला क्षेत्री चयन भएका छन् ।
समितिकाे चाैथाे साधारण सभा तथा तिहारकाे शुभकामना आदानप्रदान कार्यक्रमले निर्मला क्षेत्रीकाे अध्यक्षमा नाै जना कार्यसमिति चयन गरेकाे हाे ।

संस्थाकाे उपाध्यक्षमा टेकरनाथ तिमल्सिना र सचिवमा नविन लामा चयन भएका छन् ।

यस्तैगरी, सदस्यमा सुनिल थापा, मनाेज पाेखरेल, वर्षा श्रेष्ठ, मंगला श्रेष्ठ र दिनेश राई चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि गजेन्द्र महर्जनले टाेलकाे विकास गर्न टाेल वासिन्दाहरूकाे महत्त्वपूर्ण रहेकाे बताउदै, यसका लागि एकजुट हुनु आवश्यक रहेकाे जानकारी दिएका छन् ।
उनले टाेल विकास गर्न सरकार, नगरपालिका, वडा टाेलले मात्र गर्नुपर्छ भन्ने साेचले विकासमा ढिला हुने बताए ।
उनले भने – “टाेलकाे विकास गर्न सबैकाे साथ सहयाेगले विकास छिटाे हुन्छ ।”

कार्यक्रमका सभापति निर्मला क्षेत्रीले तिहारकाे शुभकामना दिन्दै समितिले गरेकाे कामकाे प्रगति र उन्नति बारे बताइन् ।
उनले कुनै काम गर्न पुजी नभइकन् कुनै काम गर्न नसकेकाेले सबै टाेल वासीहरू सदस्य बन्नका लागि अनुराेध गरेका छन्।
उनले भने -” १५१ घरमा १०० जनाले मात्र सदस्य बनेकाे छ ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *