काठमाडौं, असाेन १
श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन हुने भएकाे छ ।
महाधिवेशन यहि आश्विन ३ देखि ५ नेपालको केन्द्रिय धाम श्री नवतनधाम काठमाडौंमा हुने भएको हो।
उक्त राष्ट्रिय महाधिवेशनमा देशभरका ५ प्रदेश समिति, ४७ जिल्ला समिति, १९४ प्रारम्भिक समितिबाट ५५० भन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुने छ।
राष्ट्रिय महाधिवेशन आश्विन ३ गते बिहिवार उदघाटनबाट शुरु हुने अधिवेशनबाट युवापरिषदको नयाँ नेतृत्व चयन सहित समापन हुनेछ।
