ललितपुर, भदाै २५
ललितपुरको गोदावरी नगरपालिका ३ स्थित शिव बस्ती (ढाँड) मा आज बाजागाजा सहित कलश यात्रा निकालेकाे छ ।
साे बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणको पवित्र उद्देश्यका साथ ३१ गते सम्म महायज्ञ सञ्चालन गरेकाे हाे ।
महायज्ञकाे उद्घाटन माननीय मधुसूदन पाैडेलकाे प्रमुख अतिथिमा उद्घाटन गरेकाे थियाे । पाथीभरा महिला समूहको आयोजनामा शिव बस्तीमा श्रीमद्भागवत महायज्ञ लगाएकाे हाे ।
सप्ताह ज्ञान महायज्ञमा चर्चित कथावाचिका राधिका दासीको प्रवचन र महायज्ञकाे संयाेजक वडाअध्यक्ष राज घिमिरे रहेकाे छ ।
