ललितपुर, भदाै २४
गोदावरी नगरपालिका ३ स्थित शिव बस्तीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
साे बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणको पवित्र उद्देश्यका साथ भाद्र २५ गतेदेखि ३१ गते सम्म महायज्ञ सञ्चालन गर्न लागेकाे हाे ।
पाथीभरा महिला समुहको आयोजनामा शिव बस्तीमा श्रीमद्भागवत महायज्ञ लगाउन लागिएको मूल समारोह समितिका संयोजक एवं वडाध्यक्ष राज घिमिरेले जानकारी दिए ।
त्यस्तै ,सप्ताह ज्ञान महायज्ञमा भागवत मञ्जरी एवं विश्व प्रसिद्ध कथावाचिका राधिका दासी रहेकाे छ । महायज्ञको कलश यात्रा आगामी भाद्र २५ गते बिहान ७ बजे हुने उल्लेख गर्दै उद्घाटन भने सोही दिन दिउँसो १ बजे हुने आयाेजकले जनाएको छ ।
यज्ञमा नगरवासी, देशवासी र सम्पूर्ण भक्तजनहरूलाई निमन्त्रणा गरेका छन् ।
