ललितपुर, जेठ १९
विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको १० औं श्रृङखला सम्पन्न भएकाे छ ।
साे श्रृङखला बुद्धि विकाश मण्डल (वाचनालय) ललितपुर, लगनखेलमा स्रष्टा सम्मान, सदस्यता सम्मान, परिचयपत्र वितरण र कविता वाचन प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकारको उपस्थितिमा भएकाे हाे ।
प्रमुख अतिथि कवि शैलेन्द्र साकारले आफुले केही महिना अमेरिकामा बिताएका मिठा कुरा सहित आफ्नो कवितामा अमेरिका भन्दा कैलाश पर्वत नै ठिक भन्ने रचना वाचनमा सबैलाई मुग्ध पार्नु भएको थियो ।
इलामबाट पाल्नु हुने शिव अधिकारी “इलामे जेठो”, कवि तथा गीतकार द्वारीका ढुंगाना र वरिष्ठ साहित्यकार कृष्ण प्रधानका साथै यही जेष्ठ महिनामा जन्मदिन पर्नु भएका संस्थाका सदस्य अनोज महर्जनलाई जन्मदिनको शुभकामना दिनुभएको थियाे ।
सहित्यकार “इलामे जेठो” आफ्नो ७२ वर्षमा पनि जवानी रहेको ताजगी मुक्तकले सभा तटाउनु भाको थियो।
संस्थाका अध्यक्ष बुद्धिमान महर्जनले सबैको उपस्थितिले कार्यक्रम भव्यताको साथ समपन्न भएको बताए । उनले आगामी कार्यक्रममा पनि सबैको साथ सहयोग र उपस्थितिको लागि अनुरोध गर्नु भयो ।
साहित्यकार दिव्य गिरी, गणेश कुमार प्रधान, दशरथ भटराई, श्रीराम पौडेल (महालक्ष्मी साहित्य समाजका अध्यक्ष ), विशिष्ठ अधिकारी (गोदावरी साहित्यका अध्यक्ष), पुरूषोतम ढुंगाना, बिजय राम कर्माचार्य, भानुप्रकाश जोशी, असीम’सागर, राज रजक, पुष्पराज केसी, राजाराम राउत, पदम डागर, शेखर आचार्य, कृष्ण विष्ट, बिनोद बंजारा, अनोज महर्जन, बाबुकृष्ण महर्जन, साहित्यका उज्जवल व्यक्ती यमुना प्रधानाङग्य, उषा केसी, हिरा राइ, शान्ता राई, निरा श्रेष्ठ, बिना राना, जुमन किरण, बिष्णु देवी महर्जनको उपस्थिती रहेको थियाे ।
