ललितपुर, बैशाख ३

अक्षरातित पूर्णब्रह्म परमात्माको असिम कृपाले श्री कृष्ण प्रणामी सतसंग भवन धामीडाँडामा निमार्ण भईरहेको छ ।

उक्त सतसंग भवनको शुभारम्भको अवसरमा वैशाख १० देखि १६ गते सम्म श्रीमद् तारतम सागर पाठ पारायण तथा श्रीमद् भागवत महापुराणको अमृतमय कथा हुने भएकाे छ ।

साे कथा परम आदरणीय श्रीकृष्ण प्रणामी मन्दिर श्री नवतनधामका महन्त स्वामी श्री १०८ पुरुषोतम महाराजजीका मुखारविन्दबाट हुने आयाेजकले जानकारी दिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *