ललितपुर, चैत ३०
गाेदावरी नगरपालिका १२ ठेचाे स्थित वेथेगल टोल विकास समिति चौथो स्थापना दिवस मनाइयो । उक्त समितिको दिवसका साथ अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो । यस कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय रघुनाथ महर्जन रहेको छ । उनले समितिलाई आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यस्तै, यस समितिका अध्यक्षले निर्मला क्षेत्रीले आगामी दिनमा समितिले के कस्ता कार्यहरू टोलवासी माझ गर्नुपर्छ ? त्यस तर्फ “चौथो स्थापना दिवस तथा अन्तरक्रिया कार्यक्रम” केन्द्रित होस् भन्ने चाहना व्यक्त गरिन् । स्थानीय रुपमा उपलब्ध श्रम, सीप र साधन तथा अवसरहरूलाई अधिकतम परिचालन गरी गाउँ- नगरको अन्तर सम्बन्धलाई सुदृढीकरण गर्न तथा नगरको सामाजिक, आर्थिक व्यवस्थालाई एकअर्काको परिपूरकको रुपमा विकसित गरी गरिबी न्यूनीकरणका प्रयासमा ठोस योगदान पुऱ्याउन सहभागितात्मक योजना तर्जुमा गर्न, उद्यमी समाजको निर्माण गर्न तथा टोलका जन समुदायहरूलाई संस्थागत विकास गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले स्थापना गरेको अध्यक्ष क्षेत्री बताइन् ।
अतिथि, विशेष अतिथि, अतिथि गण, सल्लाहकारहरू, पदाधिकारीहरू, आजीवन सदस्य, सक्रिय सदस्यहरू र टोलवासीको सक्रियतामा वेथेगल टोल विकास समिति चौथो स्थापना दिवस सम्पन्न भएको थियो । यस समितिमा १५० भन्दा बढि सदस्यहरू रहेको छ ।
