काठमाडौं, चैत ३०
काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेका छन्। अज्ञात समूहले गएराति एक बजे रोशी गाउँपालिका–५ नागबेलीस्थित् ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख मेसिनले काटेका हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार करिब १५/२० जनाको अज्ञात समूहले बारीमा आएर बुद्धचित्तको बोट काटेका हुन्। बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम र नजिकै जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट फेला परेको थियो ।
यस सम्बन्धी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
