ललितपुर, चैत ३
सानेपास्थित स्टार अस्पताल र जिल्ला प्रहरी परिसर ललितपुरबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार स्टार हस्पिटलले हिरासतमा रहेका थुनुवाहरु र परिसरमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य सम्बन्धि अधिकारलाई मुत रुपमा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार नियमित रुपमा १०ः०० देखि ३ः०० बजे सम्म निःशुल्क तथा अस्पतालमा उपलब्ध स्वास्थ्यउपचार सेवामा छुट दिनेमा सहकार्य गरेको हो ।
सम्झौतामा हस्ताक्षर गरेपछि अस्पतालबाट आएका चिकित्सक सहित स्वास्थ्यकर्मीको समूहले थुनुवा र प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरेर कार्यक्रमको सुरुवात गरेको थियो ।
स्वास्थ्य परीक्षण गर्दा थप उपचार आवश्यक परेमा अस्पताले बेड चार्जमा २५%, ल्याब टेस्टमा २५%, रेडियोलोजीमा २५%, अपरेशन चार्ज १५%, औषधीमा १०% र अन्यमा २५% छुट उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ ।

