ललितपुर, चैत १
ललितपुरको नागबहालमा आज उपत्यकाका ३२ महाविहार (बहाःबही) का एक सय २५ देवीदेवताको दर्शन एवं पूजा भैइरहेको छ ।
ललितपुरमा प्रत्येक पाँच बर्षमा मनाइने ऐतिहासिक एवं धार्मिक महत्व बोकेको सो पर्व आज विशेष रुपमा बिहानै देखि भव्यका साथ मनाइरहेका छन् । विहानैदेखि पुजापाठ, दर्शन र दान दिन काठमाडौ, ललितपुर र भक्तपुर एवं अन्य जिल्लाबाट समेत उपस्थितमा भक्तजनहरुको धुइँचो लागेको छ ।
चापागाँउ, बुङ्गमति, कीर्तिपुर, काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेको बहा, बही र महाबिहारबाट बिशाल दिपंकर बुद्ध, आर्यतारा लगायत १ सय २५ वटा सम्यक देवदेवीहरुलाई अधिल्लो रात मंगलबजारमा भेला गराई बाजागाजाकासाथ ललितपुरको नागबहाल पु¥याएकाे हाे ।

