काठमाडाैं, फागुन २८
काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको हाे ।
फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनी घाइते भएका थिए ।
बस चालक नवराज गिरीलाई प्रहरीले थुनामा राखी मुद्दा प्रक्रिया अघि बढाएको छ ।
