काठमाडौं, फागुन २४
कीर्तिपुर नगरपालिका– १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सर रोगबाट पीडित महर्जनको बुधबार कीर्तिपुर–१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो ।
६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर– १ को अध्यक्षमा निर्वाचित भएका थिए ।
