काठमाडौं, फागुन २२
सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई नियन्त्रणमा लिएको छ।
पोखरा महानगरपालिका-९ न्यूरोडमा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारीको रकम हिनामिना तथा अपचलन अभियोगमा सञ्चालक समितिका अध्यक्ष सुवर्णमान नकर्मी, सदस्य एवं ऋण संयोजक कृष्णमान श्रेष्ठ र सन्दीप पौडेल पक्राउ परेका हुन् ।
उनीहरुले सहकारीको करिब ७ करोड रुपैयाँ ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।
