दक्षिणी चरमस्थलकाे ललितपुर गाउँ
उँकाली ओँराली समथर गोरेटाहरू
कालेश्वर महादेवको कृपा सधै शिरमा परेझै
सहासी पौरखी विश्वासका चुली
न थिएँ संचारका माध्याम
न थिएँ भुइँचम्पाका बिस्तार
मुस्कान छँर्दै मितेरी गाँस्दै
चकमन्न पहराविच पताले यात्रा
खुल्ला आकाशमुनी गुन्द्रीविचको पाठ्शाला
गुरु बाँ र गुरु आमाको स्नेह
चनढुङ्गाझै कठोर आत्मावल
आत्मा बिश्वासको पहाड
मेरो गुरूको साथमा सधै थिएँ ।

म मा पनि आत्मिय शक्ति छ
गुरूको पारदर्शीयता ममा छाँएको छ
खरीढुङ्गाले बोड्मा अक्षरको आकार बुन्दै
घ्यूकुमारीले च्याँतिएका पाना सम्हाल्दै
चप्पले घाउँमा च्याँप च्याँपे घाँस तास्दै
मेरो गुरूले पार गरेका जिन्दगी ।

आज कथा जस्तै भएका छन
उहाँको बालापन
रूमाल लुकाइ खेलमा साथीविचका रमाईला
डण्डी बियोले टाँकेको निशानी
गुच्चाको नाममा कण्टकारीको अभाव
सुका मोहर टिप्दै थैलो भर्दै
बालीको अन्नलाई पिठ्युँमा बिसाउँदै
बाबुको लङ्गुडीमा शहर देखेको दिन
अहमको भ्रमले व्यस्त बनाएको पल
म बिर्सदै थिएँ त्यो काँडाबारी
अनि भुमरीका खेलहरू
सच्चै ओझेलमा थिएँ मेरो जन्मको गाउँ
सबै सबै उहाँको कथा दन्तेझै थिएँ ।

आज भुइँचम्पाहरू मेरो गाउँमा चम्कदै छ
बिधालय हर गाउँपालीकामा छाएँको छ
उहाँको पारदर्शी बिकाशका योगदानमा
महाकालको विश्राम क्षेत्र
बैतर्णी धामको तिर्थ स्थल
कालेश्वर महादेवको दिव्यशक्ति
यात्रीका सहजीकरणका यात्रामा
आज चिनिदै छ मेरो गाउँ
मैले पनि हातेमालो गरी
मेरो गाउँ सबै माँझ चिनाउनु छ अब
गोटिखेल, ललितपुर ।।

पारदर्शी“बुद्धिमान महर्जन महालक्ष्मी ३ इमाडोल,ललितपुर

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *