ललितपुर, फागुन २१
गोदावरी नगरपालिकामा वृहत सरसफाई कार्यक्रम हुने भएको छ । यहि आउँदाे फागुन २७ गते आठौं नगर स्थापना दिवसको अवसरमा वृहत सरसफाई गर्न लागेको हो ।
प्रत्येक वडाले आफनो सार्वजनिक स्थल, टोल, समुदाय, मठ मन्दिर लगायतका क्षेत्रहरुमा सरसफाई कार्यक्रम सम्बन्धि सूचना निकालेका छन् ।
यसका लागि टोल सुधार समिति, विभिन्न क्लब, आमा/ महिला समूह, स्वास्थ्य स्वंमसेवक, विभिन्न संघ संस्था सरोकारवाला निकायहरुलाई सहभागीताको लागि वडाले अनुरोध गरेका छन् ।
यो सरसफाई कार्यक्रम १४ वटै वडामा हुने मेयर गजेन्द्र महर्जनका स्वकीय सचिव ज्योेति महर्जनले बताए ।
