व्यापारीले शुभ देवताका रुपमा पुजिने ललितपुरको पाटनमा बुधबार भीमसेन जात्रा मनाइदैछ ।
भिमसेन पूजा परिक्रम व्यवस्थापन समितिले आयोजना गरेको भिमसेन पूजा भाेलि पाटनको भिन्धोलाछिमा हुँदै छ ।
ललितपुर जिल्लाको ऐतिहासिक पाटन क्षेत्रमा प्रत्येक वर्ष भिमसेन पूजा (भिन्धो पूजा) गरिन्छ। यस वर्षको भिमसेन पूजा पाटनको भिन्धोलाछि टोलले आयोजना गर्न लागेको हाे।
यो पूजा २०७० सालदेखि व्यवस्थित रूपमा गर्न ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्यको नेतृत्वमा भिमसेन पूजा व्यवस्थापन समिति गठन गरिएको थियो। प्रत्येक वर्ष पाटनका १० वटा टोलले पालैपालो गरी यो पूजाको आयोजना गर्दै आएका छन्।
यस्ताे छ नगर परिक्रमकाे रुट

