ललितपुर, माघ २६

गोदावरी नगरपालिका-११ चापागाउँ बुलुमा आगोले जलेर ६५ वर्षीय कान्छा महर्जनको मृत्यु भएको छ । टहरोमा बिहीबार राति आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टहरोमा एक्लै सुतिरहेको अवस्थामा आगलागी भएको थियो। मृतक मानसिक रूपमा अस्वस्थ र धूम्रपान गर्ने भएकाले चुरोटको ठुटोबाट आगो सल्किएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। 

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

आगलागीबाट टहरो समेत पूर्णरूपमा क्षति भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *