ललितपुर, माघ २२

सजिलमान शाक्यलाई अविलम्व न्यायका लागि ललितपुर उद्योग वाणिज्य संघले भोली जातीय समाजको संयुक्त भेला गरेको छ । शाक्यलाई अविलम्व न्यायदिन दोषीलाई कारवाही गर्नका लागि भोलि मंगलबार दवाव मुलक कार्यक्रम राखेको हो ।

ललितपुर महानगरपालिका ३ पुल्चोक स्थित होटल स्क्वायरमा पौडी खेल्दै गर्दा त्यहाँको स्वीमीङ्ग पुलमा विद्युत शटभै दुर्घटना भएको थियो । यस दुःखद् घटनाको कारणले गम्भीर घाईते भएकाले न्यायका लागि भोली बिहान ११ः०० बजे मंगलबजार कार्तिक डवलीमा भेला आयोजना गरेको छ ।

उक्त भेलामा कालो पट्टि सहित मौन जुलुसमा सहभागी भई जिल्ला प्रशासन कार्यालयमा न्याय दिन अल्टिमेटम सहित ज्ञापनपत्र दिइने जनाएको छ । होटल स्क्वायर अगाडि जुलुस समापन गर्ने कार्यक्रममा पनि सरिक हुनुभई एकताबद्ध जनाई सहयोगका लागि उद्योग वाणिज्यले अनुरोध गरेका छन् ।

भेला शान्तिपूर्ण हुने जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *