ललितपुर, माघ २२
प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटि गएको प्रहरी टोलीले चाेरीका स्कुटरसहित पकाउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका ७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खु बस्ने वर्ष २८ वर्षिय सनम मगर र हेटौडा उपमहानगरपालिका १९ चिसापानी घर भई हाल काठमाडाैं नं. १४ बल्खु बस्ने २० वर्षिय शैलेश आले रहेकाे छ ।
नख्खु सनराईज अपार्टमेण्टबाट बा. ९७ प ३०२ नं.को DIO र गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासीबाट बा.९५ प २८०९ नं.को स्कुटरसहित पक्राउ गरेकाे जिल्ला प्रहरी परिषद जनाएको छ ।
पक्राउ परेकाहरूलाई अदालत ललितपुरबाट सात दिनकाे म्याद थप गरी विस्तृत अनुसन्धान कार्य भईरहेको एसपी नवराज कार्कीले बताए ।
यस्तै, प्रहरी चौकी भग्रेडाँडाबाट चेकिड्डमा खटिएको प्रहरी टोलीले चाेरीका माेटरसााईकल सहित दुई जना पक्राउ गरेकाे छ । पक्राउ पर्ने मकवानपुर बकैया गाउँपालिका वडा नं. १ बस्ने १८ वर्षिय विजय मोक्तान र बागमती गाउँपालिका वडा नं.३ बस्ने २४ वर्षिय छविलाल बज्यु रहेकाे छ ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ४ माकलबारीबाट गएको माघ १९ गते बागमती प्रदेश ०२००३८ प ०३४५ नं को २२० सिसिको पल्सर चाेरी भएकाे प्रहरीले जनाएको छ ।
थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडाैं पठाईएको एसपी नवराज कार्कीले बताए ।
