सम्झन्छु आज ती ऋषिमुनिहरूलाई
निराकार एक मुठ्ठि अन्नमा प्राण ढानेका
वह्रमा, बिष्णु, महेश्वरको आशीर्वाद पाएर
गुरूत्व प्राप्त गरि ज्ञान् फैलाएका
अनि गुरूको आसनमा
दैत्य विच मानवतामा उर्जा भरेका ।
थिए बुद्ध मानव जाती
त्यागे उनले हिरा मोटी
के थियो र त्यो झोलामा
शान्तिको पाठ् छर्दै हिडे
भोकालाई आफ्नो शरीर दिई
नि:यात्रा जीवन पुन् प्राणित गरे
न थिए सतरञ्जका बाजी
न थिए कुदृष्टीका नजर
माया मोहमा संसारी मन जित्ने आकांक्षा
निरङ्कुश भावनामा चालेका पाइला
सधै फूल बनी उनी कोमलतामा परे ।
शक्ति हिनतामा कम्जोर बनेछ
हिजो आज ढुङ्गाहरू यत्र तत्र
ऋषिमुनिका ज्ञान् लिदैछ पशुले
जन्मदै कसाइको नाम लिई जुनी फेर्दै
तर मानव बदलिएन् उसको अहममा
क्रुरूर्ताको घुम्टो छाडी ।
बग्दैछिन् गङ्गा फूलबुट्टा भरेर
मानव सुकिलो बन्दैछ उहीँ बाग्मतीमा डुबेर
साच्चै मानवताको ज्ञान् सर्वश्रेष्ठ भएछ
बादल उदाङगीएर हिमशिखर चम्किएझै
कतै देखिदैनन् दाग पन्छीको नि: यात्राझै गन्तव्य्
सूर्यको लाली बेरेर हिड्दा ।
छन् मिठा सपना हरेक रातका बगरमा
हिरा हो की ढुङ्गा हो
उन्दैछन एकै मालाको अनुयायीलाई
प्रपन्चका खेल खेल्दैछ यहा
महाभारतका यौद्धाझै
जन्मभुमीका अपिचास बनेर
कोही छैन् आज भिष्मपिताको ज्ञान् बाट्ने
चेतनशिल प्राणी ।।
– पारदर्शी“बुद्धिमान महर्जन
