काठमाडौं, माघ ११

श्रीकृष्ण प्रणामीले माघ १६ गते देशैभरी एकसाथ रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ३३ औं बार्षिक उत्सव एवं ३४ औं स्थापना दिवसको अवसरमा माघ १६ गते देसैभरी एकसाथ रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक केन्द्रिय सदस्य भीम बगाले जानकारी दिए ।

दुर्व्यसन त्यागौं, सेवामुखी बनौं” भन्ने मूल नाराका साथ मा संचालित श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले यहि आउँदो माघ १६ गते देशैभर एकसाथ रक्तदान कार्यक्रम संचालन गर्दैछ । कृष्ण प्रणामीले विभिन्न समयमा आफ्नो सेवामुखी कामहरु गर्दै आएको परिषदले यस वर्ष आफ्नो स्थापना कालको ३४ औं वार्षिकोत्सवको अवसरमा माघ १४ गते देखि १८ गते सम्म विविध पन्च दिवसिय कार्यक्रमको आयोजना गर्न लागेको हो ।

सेवा नै धर्म हो भन्ने सुविचारलाई आत्मसात गर्दै सेवामा लागिपर्नुहुने सबैलाई उक्त दिन रक्तदान कार्यक्रममा सहभागी हुन श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले अनुरोध समेत गरेको छ ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको पाँच आधारशिलाहरु:
दुर्व्यसन त्यगौ
सेवामुखी बनौ
निरामिष भोजन सेवन गरौ
वातावरण संरक्षण गरौ
आत्मा परमात्माको सनमन्धलाई पहिचान गरौं ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *