काठमाडौं, माघ ११
आजबाट श्रीस्वस्थानी व्रत तथा माधव नारायण मेला सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म ९एक महिनासम्म० लाग्ने मेलामा साँखुको शाली नदी र भक्तपुरको हनुमानघाटमा विशेष चहलपहल हुन्छ ।

हिन्दु धर्मालम्बीहरुले घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन्। एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन्। माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ।

माधव नारायण भगवान विष्णुको अर्को नाम हो । विष्णुलाई १२ महिनामा १२ वटा नामले पुकारिन्छ र पूजा गरिन्छ । माघ महिनामा माधव नाम हुने भएकाले स्वस्थानीसँगै माधव नारायणको व्रत, पूजा र उपासना गरिन्छ ।

माघ महीनामा शाली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *