ललितपुर, माघ १०
बागमति गाउँपालिका ७ थुम्कीगिम्दी बस्ने २९ वर्षिय अशोक भोम्जन घरमा राखेको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । 
प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले तलासी गर्ने क्रममा उनले आफ्नो घरमा अवैध रुपमा राखेको एक थान बन्दुक फेला पारी बरामद गरेको हो ।

भोम्जनको घरको सिलिङमा लुकाईछिपाईराखेको अवस्थामा काठको बटसहितको ४९ ईन्च लम्बाई भएको अबैध घरेलु हतियार भरूवा एकनाले बन्दुक १ थान फेलापारी रितपूर्वक बरामद गरिएको प्रहरीले जनाएकाे छ ।

फरार भाेम्जनकाे खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *