ललितपुर, कार्तिक २८

ललितपुर महानगरपालिका–२७ स्थित बालकुमारी उच्च माध्यमिक विद्यालय, सुनाकोठीका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

कक्षा ४, ५, ६ र ७ का गरी ११६ जना विद्यार्थीलाई जनही १० वटा सामग्रीका दरले झण्डै ४७ हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री वितरण गरिएको क्लबले जानकारी दिएको छ।

वितरण कार्यक्रममा वडा सदस्य रामदेवि महर्जन तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। क्लबका अध्यक्ष सैलेस लिम्बुको नेतृत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्य कुमार राई सहित सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूले खुशी व्यक्त गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *