ललितपुर, असार १४
गोदावरी नगरपालिका ठेचाे स्थित सेन्ट पल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयका दुई जना विद्यार्थीले पूर्ण ४.०० ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याउँदै विद्यालयको नाम उच्च बनाउन सफल भएका छन्।
विद्यालयका प्रिन्सिपल राधे कृष्ण महर्जनका अनुसार यस पटक एसईईमा २१ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ जनाले ४.०० जीपीए, ६ जनाले ३.६५ देखि ३.९० जीपीए, १२ जनाले ३.२० जीपीए र १ जनाले २.८८ जीपीए हासिल गरेका छन्।
उत्कृष्ट नतिजाका लागि विद्यालय प्रशासनले विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूलाई हार्दिक आभार प्रकट गर्दै बधाई दिएको छ। विद्यालयले विद्यार्थीको भविष्य उज्यालो बनाउने लक्ष्यसहित आगामी दिनमा शिक्षाको गुणस्तर अझै उकास्ने प्रतिबद्धता पनि जनाएको छ।
