ललितपुर, जेठ २६

ललितपुर जिल्ला तेक्वान्दो संघ र बडीखेल तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा सम्पन्न ललितपुर जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिता २०८२ गाेदावरी नगरपालिका–४, बडीखेलमा भव्यताका साथ सम्पन्न भएको छ।

माननीय उदय शम्शेर राणाले प्रतियोगिताको उद्घाटन गर्दै यस्ता कार्यक्रमहरूले खेल क्षेत्रको विकास मात्र नभई युवाहरूमा अनुशासन, आत्मबल र राष्ट्रप्रतिको समर्पणको भावना थप बलियो बनाउने बताएका थिए।

उद्घाटन सत्रमा उनले सहभागी सम्पूर्ण खेलाडीहरूलाई उज्वल भविष्यको शुभकामना पनि व्यक्त गरे।

कार्यक्रममा गाेदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले खेलकुद मनोरञ्जनका साथै आत्मरक्षाका लागि समेत महत्वपूर्ण हुने बताएका थिए। उनले युवाहरूको चाहना र प्रतिभालाई सम्बोधन गर्दै भविष्य निर्माणको आधार तयार पार्ने उद्देश्यका साथ नगरपालिका अगाडि बढिरहेको जानकारी गराए।

कार्यक्रमको सभापतित्व ललितपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिल महर्जनले गरेका थिए। प्रतियोगिता सफल बनाउन आयोजक, प्रशिक्षक, खेलाडी तथा स्थानीय समुदायको सक्रिय सहभागिता उल्लेखनीय रहेको बताइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *