काठमाडौं, फागुन १३

वसन्तको आगमनसँगै चिसो चिसो सिरेटोलाई पन्छाउँदै ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा २१४औँ साहित्यिक सृङ्खला काठमाडौं अनामनगरस्थित डालो रेष्टुरेन्टमा सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथि विश्वकवि तथा लोक संस्कृतिविद् प्रा. तुलसी दिवसले उक्त २१४औँ सृङ्खलामा ज्योति स्रष्टा सम्मान अर्पण रञ्जना निरौलालाई गर्नु भयो।

कार्यक्रममा विशिष्ट अतिथिहरू शिखर कवि शैलेन्द्र साकार, प्रा. डा. गार्गी शर्मा, ज्ञान उदास, नरेन्द्रबहादुर श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, प्रेम राई परिक्षित, बुद्धिमान महर्जन,रमा ओली लगायतले अध्यक्ष मणिराज सिंहले शारिरीक अस्वस्थताका बावजुद सकृय रुपमा गतिलो कार्यक्रम गरी साहित्य अनुरागीहरूलाई प्रोत्साहन गरिरहेको मा खुसी व्यक्त गर्दै आआफ्ना कविता वाचन गरें।

ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले हरेक महिनाको दोस्रो शनिबार १बजे यस प्रकारका साहित्यिक कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *