ललितपुर, माघ ३०
ललितपुरको ठेचोमा आयोजित नि:शुल्क दन्त शिविरमा ८० जनाले सेवा लिएका छन्। जेष्ठ नागरिक चौतारी ठेचो र गोदावरी नगरपालिका-१२ को आयोजनामा सम्पन्न शिविरमा पब्लिक नेपाल डेन्टल हस्पिटल एण्ड पोली क्लिनिक, टाल्छिखेलले प्राविधिक सहयोग प्रदान गरेको थियो।
शिविरमा सहभागीहरूलाई दन्त परीक्षण, दन्त एक्सरे, र सुगर परीक्षण सेवा दिइएको थियो। साथै, दाँत निकाल्ने प्रक्रिया अस्पतालमै गराइने व्यवस्था गरिएको छ। शिविरमा आएका बिरामीहरूलाई नि:शुल्क औषधि वितरण गरिएको जेष्ठ नागरिक चौतारी ठेचोका अध्यक्ष बालकृष्ण थापाले जानकारी दिए।
