पहराका सुन्दरीहरूको चिरहरण भएछ ।।
देशका योद्धाहरूबाट बलात्कार हुदैं थिएँ
आफ्नो प्यासको लागि कोमल सुन्दरताहरू
नि:वस्त्र बन्दैथ्यो सुन्दरीको यौवना
टुक्रिदैं थिए,सर्लक्क परेका केश
व्यूटी पार्लरको कैंचीले झैँ
हराउँदैं थियो–
ओठको मुस्कान,दुई काँनका झुम्का
गाजलको निस्तारमा टिकीको चमक
बिना मङ्गल-शुत्रमा विधुवा बनेका नारीको रूपझैँ
छताछुल्ल भएको थियो,मलिलो आँसु
खोज्दै थिए गंगाको शीतल
जलेको आत्मा सेलाउँनलाई ।

बिना वस्त्रको मुर्तिझैँ
हिजो आज मानिसको हाई-हाईमा
लजाउँदै थियो प्रकृति—
मन्दिरमा निर्धा पशुको बली चढाएझैँ
स्वार्थ पुर्ण बन्दैथ्यो,मानवका तृष्णाहरू
च्यातिदैं थ्यो सिङ्गो वस्त्र
मन्दिरमा चढाउँने रातो,सेतो धोजा च्यातिएझैं
चढदैं थिएँ—-
शिखरमा हातको रेखालाई नकशा बनाउँदैं
थिएन कतै,मन आनन्दीको चौतारी
थिएन कतै, लाकुरीमा विश्राम
विधुवाको आँसु सेलाउँने ठाऊ ।

अङ्गहरू पिलपिलाउदै थियो
चोटको असहनीय पिडाहरू बोकेर
बिउँझदै थियो प्रकृति
आउनो सुन्दरताहरू लिएर
कहाँ थियो र ?
मानव चेतनाको अहमबीच
किसानको झैँ मन बुद्धि
गोरूको हलिले समथर बनेको भु-भागमा
बिना आँठोमा कसरी सुरक्षित हुन्थ्यो र ?
खेतका गहरामा बालीहरू
प्रकृतिको वासस्थान कहाँ सुरक्षित छ र ?
मानिसको सोच उच्च भएपछी
भीर उचाईबाट गोरु लडेझैँ
प्रकृतिले थाम्न सकेन आफ्नो पिडाहरू
झर्न थाले विधुवाको आँसुझैँ
निर्मल बादलको घुम्टो ओडी
खोज्न थाले गंगाको मोह
पिडामा शीतल उनको आँचलहरू ।।

– बुद्धिमान महर्जन

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *