ललितपुर, भदाै १५
नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा बेथेगल टाेल विकास समितिको आयोजनामा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम गरेकाे छ । गाेदावरी नगरपालिका १२ ठेचाे स्थित डिजी पार्टी प्यालेसमा आयाेजित तिज विशेष कार्यक्रम रमाइलो गरि मनाएइएको छ।
तिजको पावन अवसरमा महिलाहरु विभिन्न तिज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेकि थिइन्।
प्रमुख अतिथि गाेदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले तिजकाे बिशेषता र महत्व बारे गित मार्फत प्रस्तुत गरेकि थिइन् ।
कार्यक्रमका सभापति बेथेगल टाेल विकास समितिकी अध्यक्ष निर्मला क्षेत्रीले नजिकिँदै गरेको तिज पर्वको सम्पुर्ण महिला दिदिबहिनीलाई शुभकामना दिनुभयो।








