किन आज सपना भयो ? खस्यो किन पहाड ?
जत लास भेटियो आज न भेटिने भयो हाड ।
साउनमा भेल बग्छ, पानी पानीको भयो ताल ।
पानीले नै गर्दा किन ? आज भयो हाम्रो बेहाल ।

कतै घर बगाउँछ, कतै डाँडै खस्छ ।
किन सबको घरभित्र ठुलै भेल पस्छ ?
कतै यहाँ पहाड ढल्छ, कतै घरै बगाउँछ ।
दिन-0रात सुत्न पाइन्नँ, किन निद भगाउँछ ?

चारैतिर रुवावासी पार्यो एउटै चिहान ।
रातभर जागा बसें, कैले होला बिहान ?
कसैको त छोरा बग्यो, कोहीको पुर्यो आमा ।
कहिलेसम्म जपी बस्ने हामीले राम ! राम !

नंदेऊ न दुःख प्रभु ! त्रसित पार्न नआऊ ।
किन सधै कोट्याइदिन्छौ, बल्झिएको घाउ ।
असमेल बाढीले डुब्दा तराईका छाप्रा ।
पीडा कस्तो हुन्छ होला ? तान्दा घाउका पाप्रा ।

पुष्पराज के.सी

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *