ललितपुर, बैशाख १३

ललितपुर ग्वार्कोमा जुवा खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भई इमाडोल बस्ने उक्त डान्सबार सञ्चालक विशु तामाङ, मकवानपुर घर भई बागडोल बस्ने सोमनाथ गोले, पाटन च्यासल टोलका पुष्प खड्की, दोलखा घर भई भैंसेपाटी बस्ने कल्याण तामाङ, महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरका सुरेन्द्र महर्जन, सिन्धुपाल्चोक घर भई टिकाथली बस्ने विशाल तामाङ रहेका छन् ।

त्यस्तै, काभ्रेपलाञ्चोक घर भई महालक्ष्मीस्थान बस्ने कृष्ण लामा, भोजपुर घर भई काठमाडौं जडिबुटी बस्ने सन्तोष श्रेष्ठ, पाटन ओकुबहालका दिलन शाक्य, भक्तपुरका दिलन शिद्धार्थ लामा, उदयपुर घर भई भक्तपुर सल्लाघारी बस्ने सुरेन श्रेष्ठ, मकवानपुर घर भई बागडोल बस्ने तुलसा कार्की, चितवन घर भई बागडोल बस्ने शान्ती तामाङ छन् ।

उनीहरुलाई गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध महाशाखाको संयुक्त टोलीले उक्त डान्सबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेलाई जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट ४ लाख ३७ हजार ९ सय ६० रुपैयाँ र कौडा १९ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *