ललितपुर, बैशाख ५
बज्रबाराहीमा बालबालिकाका लागि स्वास्थ्य तथा पोषण सम्बन्धी सचेतना तथा पूनर्ताजकी कार्यक्रम गरेका छन् । ललितपुर महानगरपालिका १४ का बाल अधिकार समितिकाे आयाेजनामा गरेकाे हाे । बालबालिकाका लागि स्वास्थ्य तथा पोषण सम्बन्धी सचेतना ललितपुर महानगर १४ काे स्वास्थ्य शाखाकि प्रमुख संगीता मिश्रले सहजिकरण गरेकाे थियाे ।

उनले मानव जीवनमा पोषणले मानिस बाँच्न र शारीरिक निकासका लागि खानेकुराबाट आवश्यक पोषक तत्त्व प्राप्त गर्न धेरै महत्व रहेकाे बताइन् । शरीरले काम गर्न, बढ्न र स्वस्थ रहन हामीले दैनिक एउटै खानाबाट सबै पोषक तत्त्व नपाउने भएकाेले विभिन्न किसिमका खानेकुरा खानुपर्ने जानकारी दिए ।
उनले भनिन् – “हामीले दिनहुँ मात्रामा सम्पूर्ण पौष्टिक तत्त्व जस्तै भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो पदार्थयुक्त सन्तुलित खाना खानु पर्दछ । यसले गर्दा हाम्रो शारीरिक र मानसिक विकास हुन्छ। हामीले वजारमा पाइने प्याकेटका खानेकुरा नखाई घरायसी उत्पादनलाई जोड दिनु पर्दछ ।” हरेक दिन अन्न, गेडागुडी, सागपात, फलफुल, माछा, मासु, अण्डा जस्ता खानेकुरा खान्नाले शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वको परिपूर्ति भई शरीर निरोगी र स्वस्थ बने बताइन् ।

वडा सदस्य तथा वडा स्तरीय बाल अधिकार समितिका संयाेजक संगिता अछामीले बालबालिकाकाे कार्यक्रम भएकाेले बालबालिका बिना कार्यक्रम अपुराे हुने बताइन् । उनले यस कार्यक्रम बाट राम्रो कुरा लिएर जान अनुरोध गरे छन् । यस सचेतना तथा पूनर्ताजकी कार्यक्रममा घुमघाम, नाचगान, विभिन्न खेलहरू प्रस्तुत गरेकाे छ । तीनै खेलबाट पहिलाे, द्राेस्राे र तेस्रो हुनेलाई पुरस्कार समेत दिएकाे थियाे ।

