ललितपुर, चैत ३०

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्व राज बज्राचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डलद्धारा चैत्र १९ देखि २३ गते सम्म विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुको भ्रमण गरि फर्किएकाे छ ।

हाल देखापरेका प्रतिस्पर्धात्मक वातावरणमा संघको भूमिकालाई अझ सुदृढ गर्नुका साथै थप विस्तारका सम्भावनाहरु बारे जानकारी हासिल गर्न समेत यो कार्यक्रम राखिएको थियो ।

जिल्ला नगरका विचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै जिल्ला नगर उद्योग वाणिज्य संघको सम्बन्धमा थप मजबुत बनाउने अभिप्रायका साथ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षको नेतृत्वमा संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र सचिवालयका कर्मचारीहरु समेतको टोलीले तनहु, पोखरा, वालिङ्ग, पाल्पा, बुटवल, चितवन र रत्ननगर उद्योग वाणिज्य संघको भ्रमण गरिएको थियो ।

भ्रमणका दौरान आन्तरिक पर्यटन प्रबर्द्धनका साथै साना तथा मझौला उद्योगीहरुको समस्याहरु समाधानका लागि नेउवा महासंघलाई घच्घच्याउन एक्यवद्ध र आपसी सहकार्य हुनु पर्नेमा सबैको एकमत रहेको थियो ।

यस्तै, सोहि भ्रमणका दौरान लउवा संघका अध्यक्ष बिश्वराज बज्राचार्यले नेपालको हस्तकला जन्य सामान निर्यातमा ९० प्रतिशत हिस्सा ललितपुर जिल्लामा उत्पादन हुने बताउंदै अन्य जिल्लामा सिप हस्तान्तरणका लागि आवश्यक सहकार्य गर्न ललितपुर उद्योग वाणिज्य संघ सदैव तत्पर रहेको बताउनु भयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *