ललितपुर, चैत २१

नेकपा (एमाले) ललितपुरको ऐतिहासिक नवौं अधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशन यही चैत्र २३ गते देखि २५ गते सम्म हुने भएकाे । अधिवेशनको समुद्घाटन नेकपा (एमाले) का केन्द्रीय अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलको आँगन पार्टी प्यालेसमा जिल्लाको ऐतिहासिक ९ औं अधिवेशन भव्य र सभ्यतापूर्वक सम्पन्न गर्न जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा ४७५ सदस्यीय मुल ब्यवस्थापन समिति गठन भएको छ ।

कम्युनिष्ट आन्दोलनको पृष्ठभूमि र इतिहाँस सम्झने र भावी पुस्ताको लागि पनि ललितपुरको कम्युनिष्ट आन्दोलन प्रेरणाको स्रोत भएको उनको भनाई छ । नेकपा एमालेले पार्टी प्रतिनिधिसँग शुल्क उठाएर जिल्ला अधिवेशनको खर्च जुटाउने अध्यक्ष आचार्यले जानकारी दिए ।

जिल्ला ललितपुर पार्टी कमिटि प्रचार प्रसार उपसमितिका संयोजक ब्रम्हानन्द श्रेष्ठले विभिन्न समिति उपसमिति गठन भएको जानकारी दिनुभयो । करिब पाँच सय प्रतिनिधिको सहभागिता रहने अधिवेशनमा २३ गते साँझ बन्द सत्र कार्यक्रम हुने छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *