काठमाडौं, फागुन ३
सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।
लहान नगरपालिका–२ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
बलात्कृत बालिकाको अवस्था गम्भीर छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
